आहा रारा गोल्ड कप आजदेखि, पहिलो दिन सहारा र थ्री स्टार भिड्दै
फाइल तस्बिर

२३औँ संस्करणको आहा रारा पोखरा गोल्ड कप आजदेखि सुरु हुँदै छ ।

सहारा क्लब पोखराको आयोजनामा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका क्लब, विभागीय टिमहरू, सुपर लिगका टिम, विदेशी टिम, मोफसलका टिमसहित आयोजक सहारा क्लबकै टिमले पनि प्रतिस्पर्धा गर्दै छन् । 

पोखरा रंगशालामा हुने गोल्ड कप माघको २० गतेसम्म सञ्चालन हुने सहारा क्लबका पोखराका महासचिव रामजीप्रसाद अधिकारीले बताए।  ‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरको रूपमा स्थापित गरौँ’ भन्ने नाराका साथ २०८० सालको संस्करणको आयोजना भएको हो ।

क्लबले सार्वजनिक गरेको ‘म्याच टाई सिट’ अनुसार हरेक दिनका खेल दिउँसो २ बजेबाट सुरु हुनेछन् भने फाइनल खेल भने २० माघमा दिउँसो १ बजे खेलाइनेछ । 

कुल १२ ‘टिम’ को सहभागिता रहेको यस संस्करणको पहिलो दिन मंगलबार आयोजक सहारा क्लब पोखरा र थ्री स्टार क्लब भिड्दै छन् । यसबाट विजेता बनेको टोलीले १३ माघमा पारो फुटबल क्लब भुटानसँग भिड्नेछ ।     





  • प्रकाशित मिति : माघ ९, २०८० मंगलबार ७:५६:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया