कङ्गोमा बम विस्फोट : १९ को मृत्यु, २७ जना घाइते

लोकतान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी म्वेसो सहरमा विद्रोहीहरूले गरेको बम विस्फोटमा बिहीबार कम्तीमा १९ जना सर्वसाधारणको मृत्यु भएको सेनाले प्रेस विज्ञप्तिमार्फत् जनाएको छ ।

मार्च २३ आन्दोलनका विद्रोहीहरूले १२० भन्दा बढी गोलाबारी प्रहार गरी गरेको आक्रमणमा १९ जनाको मृत्यु हुनुका साथै २७ जना घाइते भएको बताइएको छ ।

अधिकारीहरूले उक्त आक्रमणलाई आतङ्कवादी कार्य र अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन मानेका छन् । संयुक्त राष्ट्रसंघकाकंगो अनुसार सन् २०२३  मा पूर्वी कङ्गोमा उच्च स्तरको हिंसा र विस्थापनका कारण मानवीय सङ्कट अझै बिग्रिएको छ । 

सन् २०२१ को अन्त्यमा पुनर्उत्थान भएको विद्रोही समूहले द्वन्द्व र मानवीय सङ्कट निम्त्याएको छ र कङ्गोको भूमिमा प्रमुख किल्लाहरू कब्जा गरेको छ । 

यसैबीच, गणतन्त्र कङ्गोमा संयुक्त राष्ट्र सङ्घका एजेन्सीहरूले बिहीबार देशभरका बाढी पीडितहरूका लागि लगभग ३६ लाख अमेरिकी डलर परिचालन गरेका छन् ।

विपद् राहत कोष कङ्गोमा संयुक्त राष्ट्रसङ्घका एजेन्सीहरूका संयोजक क्रिस एमबुरुले सामाजिक मामिला, एकता तथा मानवीयकार्यमन्त्री इरेन मेरी सिसिल एमबुकोउ–किम्बाट्सालाई हस्तान्तरण गरेका थिए । 





  • प्रकाशित मिति : माघ १२, २०८० शुक्रबार २२:९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया