म्यानचेस्टर सिटी एफए कपको पाँचौं चरणमा

म्यानचेस्टर सिटी एफए कपको पाँचौं चरणमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा टोटनह्यामलाई १–० गोल अन्तरले पराजित गर्दै सिटीले अर्को चरणको यात्रा तय गरेको हो । 

छैटौं मिनेटमा सिटीले गोल गरेपछि भारले मान्यता नदिँदा अग्रता लिन असफल भयो । बराबरीतर्फ उन्मुख खेलमा सिटीले ८८ औं मिनेटमा गोल गर्दै १–० को जीत पक्का गराए ।

एफए कपका अन्य तीन खेल भने सबै बराबरीमा टुंगिएका छन् । ब्रिस्टल र नटिङ्घम फरेस्ट गोलरहित बराबरी खेल्दा सेफिल्ड युनाइटेड र कोभेन्ट्रीले एक एक गोलेको बराबरी खेले । 

यसैगरी चेल्सी र एस्टन भिल्लाले गोलरहित बराबरी खेलेका थिए । बराबरी खेल्ने टिमले फेरि एक पटक चौथो चरणमै खेल्ने छन् ।





  • प्रकाशित मिति : माघ १३, २०८० शनिबार ८:१७:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया