आहा रारा गोल्डकप : त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा

साविक विजेता संकटा क्लबलाई ३–० गोलले पराजित गर्दै त्रिभुवन आर्मी क्लब पोखरामा जारी आहा ! रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालाका आज भएको क्वाटरफाइनल खेलमा आर्मीका लागि दिनेश हेन्जनले दुई र जिलेस्पिजंग कार्कीले एक गोल गरे । 

दिनेशले खेलको दोस्रो मध्यान्तरको ४८औँ मिनेटमा र ७६औँ मिनेटमा गोल गरे भने जिलेस्पिजंगले पहिलो मध्यान्तरको ४५औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । आर्मी अब मंगलबार हुने चर्च ब्वाइज र एपिएफ क्लबबीचको खेलको विजेतासँग सेमिफाइनल खेल्नेछ । 

यसअघि शनिबार भएको पहिलो क्वाटरफाइनल खेलमा भुटानको पारो फुटबल क्लबलाई २–० गोलले हराउँदै थ्रिस्टार क्लबले प्रतियोगिताको अन्तिमा चार स्थान पक्का गरेको थियो । तेस्रो क्वाटरफाइनल खेल सोमबार मनाङ मर्स्याङ्दी र जावलाखेल युथ क्लबबीच हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ ।

प्रतियोगितामा भुटानको पारो फुटबल क्लबसहित साबिक विजेता संकटा क्लब, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल, मनाङ मर्स्याङ्दी, जावलाखोल युथ क्लब, चर्च ब्वाइज, मच्छिन्द्र, थ्रिस्टार, राइजिङ स्टार र आयोजक सहारा क्लबको सहभागिता जनाएको क्लबका अध्यक्ष केशवराज बरालले जानकारी दिए । 

प्रतियोगिताका विजेताले १२ लाख एक हजार र उपविजेताले छ लाख एक हजार प्राप्त गर्नेछन् । प्रि–क्वाटरफाइनल विजेता र पराजित दुवै टोलीलाई जनही रु २०–२० हजार, क्वाटरफाइनल विजेता र पराजित दुवै टोलीलाई ३०–३० हजार तथा सेमिफाइनल विजेता र पराजित दुवै टोलीलाई ५०–५० हजार पुरस्कार प्रदान गरिनेछ । 

प्रतियोगिता यही माघ २० गतेसम्म सञ्चालन हुनेछ ।





  • प्रकाशित मिति : माघ १४, २०८० आइतबार २३:२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया