आहा! रारा गोल्डकपमा आज मनाङ मर्स्याङ्दी र जावलाखेल भिड्दै

पोखरामा जारी २३औँ संस्करणको आहा रारा पोखरा गोल्डकपअन्तर्गत आज हुने तेस्रो क्वाटरफाइनल खेलमा मनाङ मर्स्याङ्दी र जावलाखेल युथक्लब आमनसामने हुँदै छन् ।  

पोखरा रङ्गशालामा आज दिउँसो २ः३० बजे सुरु हुने उक्त खेलको विजेता समूहले सेमिफाइनलमा थ्रीस्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ । शनिबार भएको पहिलो क्वाटरफाइनल खेलमा भूटानको पारो फुटबल क्लबलाई २–० गोलले हराउँदै थ्रीस्टार क्लबले सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो ।

आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा साबिक विजेता सङ्कटा क्लबलाई ३–० गोलले पराजित गर्दै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको थियो । आर्मी क्लब, मङ्गलबार हुने चर्च ब्वाइज र एपिएफ क्लबबीचको खेलको विजेतासँग सेमिफाइनलका लागि खेल्नेछ ।

प्रतियोगिताका विजेताले १२ लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने आयोजक सहारा क्लब पोखराले जनाएको छ । प्रतियोगिता यही २० माघसम्म सञ्चालन हुने क्लबका अध्यक्ष केशवराज बरालले जानकारी दिए ।  





  • प्रकाशित मिति : माघ १५, २०८० साेमबार १३:५४:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया