logo-img

लगातार दोस्रो दिन पनि बढ्यो नेप्से परिसूचक

गत साता निरन्तर ओरालो देखिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यो साता कारोबारको सुरुवाती दुई दिन लगातार बढेको छ । आइतबार दोहोरो अंकले बढेको परिसूचक आज १० दशमलव २६ अंकले उकालो लागेको हो । आज नेप्से परिसूचक शून्य दशमलव ४८ प्रतिशतले बढेर दुई हजार एक सय चार दशमलव ७२ को विन्दुमा कायम भएको हो ।

तीन सय ११ कम्पनीको एक करोड २३ लाख २२ हजार सात सय पाँच कित्ता सेयर एक लाख तीन हजार एक सय ५३ पटक खरिदबिक्री हुँदा चार अर्ब ५६ करोड ६५ लाख २२ हजार दुई सय ३० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

बैंकिङ समूह शून्य दशमलव ०६, लघुवित्त समूह शून्य दशमलव ०५ र निर्जीवन बिमा समूह शून्य दशमलव ११ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै अन्य समूह एक दशमलव ६४ र जलविद्युत् समूह एक दशमलव ०८ प्रतिशतले बढेका छन् ।



युनियन हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने गरिमा डिभेन्चर–२०८५ को सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा आज हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सबैभन्दा धेरै ६० करोड १६ लाख ७१ हजार आठ सय नौ बराबरको नौ लाख पाँच सय ११ कित्ता सेयर किनबेच भएको छ ।





  • प्रकाशित मिति : माघ १५, २०८० साेमबार १५:४४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया