भारतको दिल्लीमा आगलागी, ४ सयभन्दा बढी गाडी जलेर नष्ट

भारतको राजधानी दिल्लीमा सोमबार भएको भीषण आगलागीमा ४ सयभन्दा बढी निजी सवारीसाधन जलेर नष्ट भएको स्थानीय अग्नि सेवा विभागले जनाएको छ ।

उत्तरी दिल्लीको वजिराबाद प्रहरी स्टेसनको एउटा भण्डारमा आगलागी भएको हो । आगलागी हुँदा गाडीहरू गोदाममा राखिएको थियो । आगो निभाउन दमकललाई दुई घण्टा लागेको थियो ।

आगलागीमा परी नष्ट भएका सवारीसाधनलाई स्थानीय प्रहरीले ट्राफिक नियम उल्लङ्घन गरेको र सडक दुर्घटनामा संलग्न रहेको भन्दै नियन्त्रणमा लिएको बुझिएको छ । आगलागीको कारण भने खुलेको छैन । 
 





  • प्रकाशित मिति : माघ १६, २०८० मंगलबार ७:१९:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया