प्रधानमन्त्रीको आह्वान : क्रान्तिका बाँकी कार्यभार पूरा गर्न संकल्प गरौँ
फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा संघर्ष गर्ने क्रममा बलिदान गर्ने शहीद विगत, वर्तमान र भविष्यका निम्ति समेत सबैका लागि प्रेरणाका श्रोत र पथप्रदर्शक रहेको बताएका छन् । 

मंगलबार शहीद दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आजको दिन महान शहीदको स्मरणका साथै देश र जनताको मुक्ति एवं प्रगतिका निम्ति उनीहरूले देखेको सपना र गरेको अठोटलाई शिरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभार पूरा गर्न संकल्प गर्न आग्रह गरे । प्रधानमन्त्री दाहालले शहीदका सपना पूरा गर्न मन, वचन र कर्मले सबै क्रियाशील रहन आवश्यक रहेको बताए ।

‘नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरण र समावेशी लोकतन्त्र स्थापनाका निम्ति महान शहीदले उच्च बलिदान गर्नुभएको छ । राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा संघर्ष गर्ने क्रममा बलिदान गर्ने शहीदरू विगत, वर्तमान र भविष्यका निम्ति समेत हामी सबैका लागि प्रेरणाका श्रोत र पथप्रदर्शक रही रहनेछन्,’ उनले भने, ‘आजको दिन महान शहीदहरूको स्मरणका साथै देश र जनताको मुक्ति एवं प्रगतिका निम्ति उहाँहरूले देख्नुभएको सपना र गर्नुभएको अठोटलाई शिरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभार पूरा गर्न संकल्प गर्ने दिन पनि हो । त्यसका निम्ति मन, वचन र कर्मले हामी सबै क्रियाशील रहन सकौँ ।’ 

सो अवसरमा प्रधानमन्त्री दाहालले शहीदप्रति श्रद्धापूर्वक स्मरणका साथ हार्दिक श्रद्धाञ्जलीसमेत अर्पण गरे । 





  • प्रकाशित मिति : माघ १६, २०८० मंगलबार ९:५७:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया