काठमाडौंमा यसरी मनाइयो शहीद दिवस [तस्बिरहरू]

काठमाडौंसहित देशभर शहीद दिवस मनाइएको छ । मंगलबार राजधानीमा काठमाडौं महानगरपालिकाको आयोजनामा शहीद दिवसका अवसरमा शहीद स्मारक लैनचौरमा स्मृति सभाको आयोजना गरिएको हो ।

शहीद दिवसको अन्तिम दिन आज काठमाडौं महानगरपालिका शहीद सप्ताह मूल समारोह समितिले शहीद सप्‍ताहको अन्तिम दिन प्रभातफेरी तथा स्मृति सभा कार्यक्रम गरेको हो । सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, भूमि, व्यवस्था तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठलगायत उच्च पदस्थ व्यक्तिको उपस्थिति रहेको थियो ।

महानगरले माघ १० पहिलो दिन शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको स्थान, टेकु मचलीमा, १३ गते धर्मभक्त माथेमालाई मृत्युदण्ड दिएको स्थान सिफलमा स्थापना गरिएको सालिकमा पुष्पगुच्छा तथा माला अर्पण तथा स्मृति सभा गरिएको थियो । त्यसअघि शहीद दिवसको अवसरमा बिहान शान्ति बाटिकादेखि प्रभातफेरी कार्यक्रम पनि गरिएको थियो ।

हेर्नुस् तस्बिर :






 

 

 

  • प्रकाशित मिति : माघ १६, २०८० मंगलबार १०:५२:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया