उकालो लाग्यो सेयर बजार, साढे पाँच अर्बको भयो कारोबार

नेप्से परिसूचकमा मंगलबार तेस्रो दिन पनि सुधार छ । परिसूचक १४.८८ अंकले बढेर (०.७० प्रतिशत) सेयर बजार २११९.६१ विन्दुमा बन्द भएको छ ।

आज पाँच अर्ब ५४ करोड ४२ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । ३०८ कम्पनीको कारोबार भएकोमा १५२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ८५ कम्पनीको घटेको छ । १० कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

चन्द्रगिरि हिल्स लिमिटेड, रावा इनर्जी पावर लिमिटेड, समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तै, कारोबारतर्फ हिमालयन रिइन्स्योरेन्सको अगाडि रह्यो । 

उक्त कम्पनीको ७५ करोड २७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । ज्ञादी ग्रुप अफ पावरको २२ करोड २० लाख, नेपाल रिइन्स्योरेन्स कम्पनीको २० करोड ७८ लाख र अरुण भ्याली हाइड्रोपावरको १४ करोड ९७ लाखको सेयर कारोबार भएको छ । 

मंगलबार १३ मध्ये तीन समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक वृद्धि भएको छ । फाइनान्स समूहको परिसूचक स्थिर छ ।
निर्जीवन बिमा, वाणिज्य बैंक र लघुवित्त समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा लघुवित्त समूह छ । 





  • प्रकाशित मिति : माघ १६, २०८० मंगलबार १७:३०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया