१३ वर्षपछि सिरियाका लागि यूएईले गर्‍यो राजदूत नियुक्त

हसन अहमद अल–शीहीले मंगलबार आधिकारिकरूपमा सिरियाका विदेशमन्त्री फैसल मेकदादलाई आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । 

यूएईले १३ वर्षपछि सिरियाका लागि राजदूत नियुक्त गरेको हो । सन् २०११ मा सिरियाको गृहयुद्ध सुरु भएपछि यूएईले सिरियाबाट आफ्नो राजदूतलाई फिर्ता बोलाएको थियो । त्यसपछि यूएईले राजदूत नियुक्त गरेको थिएन ।   

सिरियाको राजधानी दमास्कसमा मेकदादसँगको भेटमा अल–शिहीले सिरियाली पक्षलाई दुई देशबीचको द्विपक्षीय सम्बन्ध बढाउने आफ्नो प्रतिबद्धताबारे जानकारी गराए । यूएईका राजदूतले दुई अरब राष्ट्रबीचको सहयोगलाई सुदृढ गर्न र आपसी प्रगति हासिल गर्न काम गर्ने प्रतिवद्धता पनि जनाए ।

आफ्नो पक्षको लागि, मेकदादले चुनौतीपूर्ण समयमा सिरियाको लागि युएईको ऐक्यवद्धता र समर्थनको लागि सिरियाको प्रशंसा व्यक्त गरे ।  यूएई दूतावास २०१८ मा सिरियामा पुनः खोलिएको थियो । त्यसयता कूटनीतिक मिसनको चार्ज डी अफेयर्सले जिम्मेवारी सम्हाल्दै आएको छ । 

हालैका वर्षहरूमा सिरिया र यूएईबीचको सम्बन्धमा सुधार आएको छ । यूएईले गत वर्ष सिरियालाई अरब लिगमा फिर्ता ल्याउन र गत वर्ष फेब्रुअरीमा गएको विनाशकारी भूकम्पमा महत्वपूर्ण राहत सहायता प्रदान गर्न भूमिका खेलेको थियो । 

सिरियाली राष्ट्रपति बसर अल–असदले २०२२ मा खाडी देशको भ्रमण गरेका थिए ।  





  • प्रकाशित मिति : माघ १७, २०८० बुधबार ९:४२:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया