logo-img

फिलिपिन्स र भियतनामबीच टकराब रोक्ने सहमति

दक्षिण चीन सागरमा टकराब रोक्न फिलिपिन्स र भियतनामबीच एउटा सम्झौतामा हस्ताक्षर भएको छ । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्डो मार्कोस जुनियरको हनोई भ्रमणका क्रममा मंगलबार उक्त सम्झौता भएको हो । 

दक्षिण चीन महासागर शिपिंगका लागि सबैभन्दा महत्त्वपूर्ण जलमार्गहरू मध्ये एक हो । फिलिपिन्स र भियतनामलगायत धेरै देशहरूले यस विषयमा चीनसँग समुद्री विवाद जारी राखेका छन् । 

चीनले लगभग पूरै दक्षिण चीन सागरमा कब्जा गर्ने रणनीति बनाएको छ । यति मात्र होइन, विगत एक वर्षदेखि विवादित जल क्षेत्रमा चीन र फिलिपिन्सका पानीजहाजहरूबीच झडपहरू भइरहेका छन् । जसका कारण तनाव बढ्ने सम्भावना पनि छ ।   







  • प्रकाशित मिति : माघ १७, २०८० बुधबार १२:४८:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया