आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ किनबेच ?

नेपाली बजारमा आज बिहीबार पनि सुनको मूल्य बढेको छ । आजसहित सुनको मूल्य लगातार चौथो दिन पनि बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला पाँच सय रूपैयाँले बढेको हो । बढेको मूल्यसँगै आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार छ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। 

गत सोमबारदेखि बढ्ने क्रममा रहेको सुनको मूल्यले आज पनि निरन्तरता पाएको हो ।

आज चाँदीको मूल्य भने घटेको छ।  प्रतितोला १० रूपैयाँ घटेर आज चाँदी प्रतितोला १ हजार ४१० रूपैयाँमा कारोबार भइरहेको छ महासंघले जनाएको छ ।  





  • प्रकाशित मिति : माघ १८, २०८० बिहीबार ११:१८:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया