logo-img

ललितपुर महानगरपालिकाको ‘एलएमसी अलर्ट’ एप सार्वजनिक, २१ विषयमा सूचना पाइने

ललितपुर महानगरपालिकाले ‘ललितपुर महानगरपालिका अलर्ट’ मोबाइल एप को आरम्भ गरेको छ । बिहीबार एक औपचारिक कार्यक्रमका बीच ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरीबाबु महर्जनले ‘एलएमसी एलर्ट’ एपको शुभारम्भ गरे । 

एलर्ट मोबाइल एप छिटो र कम समयमा ललितपुर नगर प्रहरीलाई अलर्ट राख्न तथा गुनासो पठाउनका लागि बनाइएको बताइएको छ । यस एपमार्फत २१ वटा एलर्ट तथा गुनासो पठाउन सकिने नगरप्रमुख महर्जनले जानकारी दिए । 

ललितपुर महानगरपालिका क्षेत्रभित्र कुनै पनि समस्या, विपत्ति वा गुनासो भएमा एपमार्फत आफ्नो सन्देश नगर प्रहरीको कन्ट्रोल रुमसम्म पठाउन सकिने जनाइएको छ । गुनासोहरूलाई इन्टरनेट सुविधा नभएको अवस्थामा अफलाइन मोडमा समेत पठाउन सकिने प्रबन्ध गरिएको छ ।



त्यस्तै सन्देश पठाउँदा आफ्नो सम्पर्क नम्बर गोप्य राख्ने सुविधा पनि एपमा समावेश गरिएको जानकारी दिइएको छ । एप शुभारम्भ गर्दै सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नगरप्रमुख महर्जनले एपले राम्रोसँग सेवा प्रवाह गर्ने विश्वास व्यक्त गरे । काम गर्दै जाँदा सेवा प्रवाहमा ढिलासुस्ती भएमा सुधार गर्दै समयमै सम्बोधन गर्ने पनि उनले बताए । उनले एपमार्फत सेवा दिन पनि पूर्वाधारको व्यवस्थापन गर्नु आवश्यक रहेको भन्दै उहाँले पूर्वाधार निर्माणमा लागि परेको पनि बताए । 

अलर्टमा दमकल सेवा, एम्बुलेन्स सेवा, ढल निकास, शव वाहन, फोहोर मैला, अनधिकृत पार्किङसँग सम्बन्धित गुनासो राख्न सकिन्छ । त्यस्तै बिना स्वीकृति संरचना, लैङ्गिक हिंसा, शैक्षिक संस्थामा हुने समस्या, सम्पदा संरक्षण, बोट बिरुवा क्षति, फुटपाथ, सडक बत्ती, अनधिकृत विज्ञापन र सडक खनेको विषयमा पनि गुनासो राख्ने व्यवस्था गरिएको छ । त्यसै गरी, विपद्, सडक मानव, कालो बजारी, सार्वजनिक जग्गा अतिक्रमण, बाढी र पहिलो तथा छाडा गाईबस्तु गरी २१ वटा विषयमा अलर्ट गर्न सकिने महानगरपालिकाले जनाएको छ । 





  • प्रकाशित मिति : माघ १८, २०८० बिहीबार १४:३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया