आहा रारा पोखरा गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा

नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पोखरामा जारी राट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

पोखरा रंगशालामा आज सम्पन्न दोस्रो सेमिफाइनलमा खेलमा त्रिभुवन आर्मी क्लबले चर्च ब्वाइज युनाइटेड क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको हो । निर्धारित  समयमा दुवै टोलीले एक–एक गोलको बराबरी खेलेका थिए । थप गरिएको ३० मिनेटमा आर्मीले निर्णायक गोल गरेर फाइनलमा स्थान पक्का गरेको हो । 

पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलको ६१औँ मिनेटमा आर्मीका लागि दिनेश हेमजनले फ्रिकिकमा उत्कृष्ट गोल गरे । पेनाल्टीबक्स बाहिरबाट दिनेशको प्रहारले सिधै जाली चुमेको थियो । 

चर्च ब्वाइजका सन्तोष खत्रीले दिनेशलाई लडाएपछि आर्मीले फ्रिकिक पाएको हो । यस्तै, चर्च ब्वाइजका लागि खेलको ८३औँ मिनेटमा समिर तामाङले गोल गरेका थिए । यसैगरी खेलको ९९औँ मिनेटमा आर्मीका रशबहादुर मगरले निर्णायक गोल गरेका थिए । 

आर्मीले अब यही माघ २० गते प्रतियोगिताको उपाधिका लागि थ्रिस्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको विजेताले १२ लाख एक हजार तथा उपविजेताले ६ लाख एक हजार नगदसहित ट्रफी प्राप्त गर्नेछ । 

यसैगरी विभिन्न पाँच विधामा उत्कृष्ट खेलाडीलाई जनही २५ हजारका दरले पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान स्कुटर पुरस्कार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ । 





  • प्रकाशित मिति : माघ १८, २०८० बिहीबार १९:४६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया