‘उपहार’को शीर्ष गीत ‘हारेको छैन’ सार्वजनिक

रेखा फिल्मस् र कपनगढी फिल्मस्को व्यानरमा निर्माण भएको फिल्म ‘उपहार’को शीर्ष गीत ‘हारेको छैन’ सार्वजनिक भएको छ । गीतमा रविन भुसालको स्वर, अर्जुन पोखरेलको संगीत तथा प्रमोद ढुंगानाको शब्द छ ।

फागुन २५ गतेबाट रिलिज हुने फिल्मको यो गीतका शब्द सजिलै सम्झन सक्ने खालका छन् । गीतमा कविराज गहतराजको कोरियोग्राफी छ । गीतमा अभिनेत्री रेखा थापा, बेनिशा हमाल, पूजा शर्मा, मुकुन भुसाल, सुष्मा कार्की फिचर्ड छन् । फिल्मका निर्देशक ज्ञानेन्द्र देउजाले सामाजिक विषयवस्तुमा आधारित रहेको फिल्ममा दर्शकले हाँस्यरसदेखि रोदनसम्म पाउने बताए ।

फिल्ममा मुकुन भुषाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, अंशु महर्जन, आशा भुुषाललगायतको पनि अभिनय छ । अभिनेत्री थापाका श्रीमान् बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् ।

फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ । 





  • प्रकाशित मिति : माघ १९, २०८० शुक्रबार ९:२८:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया