दक्षिण कोरियामा गुञ्जँदै ‘मंगोलियन हार्ट’

नेपालको पुरानो ब्याण्ड ‘मंगोलियन हार्ट’ले पाँच वर्षपछि दक्षिण कोरियामा कन्सर्ट गर्ने भएको छ । गत अप्रिलमा १० वर्षपछि अस्ट्रेलियामा साङ्गीतिक यात्रा गरेको ब्यान्डले अब दक्षिण कोरियाका नेपालीमाझ आफ्नो गीत सुनाउन लागेको हो ।

ब्याण्डका मेनेजर एवं गितारिष्ट बबी लामाले आगामी शुक्रबार दक्षिण कोरियाको सियोलको छोहरा ओगमामा रहेको डोँगदे मुनमा सांगीतिक प्रस्तुति दिन लागेको बताए । नेपाल कोरिया कल्चरल एक्सचेन्ज एसोसिएसनको आयोजनामा हुने कन्सर्टमा ब्यान्डका प्रमुख गायक राजु लामाको आफ्ना पुराना चर्चित र नयाँ गीतहरू सुनाउनेछन्  ।

‘पाँच वर्षपछि दक्षिण कोरिया जान पाउँदा हामी उत्साहित छौँ । त्यहाँ दर्शकलाई पक्कै केही सरप्राइज दिनेछौँ,’ म्यानेजर लामाले भने । ३२ वर्षअघि सन् १९९२ मा स्थापना भएको यो ब्याण्डका लोक, स्लो रक, पप मेलोडी संगीत दर्शकमाझ लोकप्रिय छ ।

ब्यान्डमा रिदम गितारमा बबी लामा, ड्रममा सन्तोष थापा मगर, लिड गीतारमा भूपेन्द्र बज्राचार्य, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन् ।

ब्यान्डका ‘बाँदलपारीको देशबाट’, ‘म माया लाउँदिन’, ‘हल्ला चलेछ’, ‘तिमीलाई देखेर’, ‘पर्खाइमा’, ‘सायद तिम्रो बाटोमा’, ‘उँभो उँभो खासा’ जस्ता गीत लोकप्रिय छन् ।





  • प्रकाशित मिति : माघ २३, २०८० मंगलबार ७:५३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया