logo-img

इन्टरनेटको तार जोड्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

कालीकोटमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ लयाँटीका २९ वर्षीय प्रकाश बुढाको दैलेख र कालीकोटको सिमाना दही खोलानजिकै एभरेस्ट नेटवर्क प्रालिको फाइबर इन्टरनेट विस्तार गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । 

करेन्ट लागेर गम्भीर घाइते भएका बुढाको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी पोषण थापाले राससलाई बताए । 

मृतक एभरेस्ट नेटवर्ककै कर्मचारी रहेको प्रहरीले जनाएको छ । बिजुलीको खम्बामा इन्टरनेटको तार जोड्दा करेन्ट लागेको थियो । 







  • प्रकाशित मिति : माघ २४, २०८० बुधबार २०:५२:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया