logo-img

क्यानडाविरुद्ध नेपाललाई पहिलो झड्का, आसिफ शेख ८ रनमा आउट
फाइल तस्बिर

क्यानडाविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले विकेट गुमाएको छ । नेपालले पहिलो विकेटको रूपमा ९.१ ओभरमा आसिफ शेखलाई गुमाएको हो । 

उनलाई उदय भगवानले ८ रनमा क्याच आउट गराएका हुन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा नेपालले आज टस जितेर पहिला ब्याटिङ गरिरहेको हो । 

नेपालले आज दुई खेलाडीलाई डेब्यूको मौका दिएको छ । नेपालले क्यानडाविरुद्ध सूर्य तामाङ र रिजन ढकाललाई डेब्यूको मौका दिएको हो । यी दुवै खेलाडीले हालै सकिएको प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।  



बायाँ हाते स्पिनर सूर्यले ९ खेलमा ३० विकेट तथा बायाँ हाते तीव्र गतिका बलर रिजनले ९ खेलमा १५ विकेट लिएका थिए । उनीहरू दुवैले बागमती प्रदेशको टिमबाट पिएम कप खेलेका थिए । 





  • प्रकाशित मिति : माघ २५, २०८० बिहीबार १०:१०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया