डडेल्धुरामा बस दुर्घटना : १३ जना घाइते

डडेल्धुरामा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । बुधबार राति बाजुराबाट नेपालगञ्जतर्फ गइरहेको ना६ख ५४५० नम्बरको बस स्याउलेमा दुर्घटना भएको हो ।

घाइतेमध्ये चार  जनाको अवस्था मध्यम रहेको र बाँकी सबै खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । घाइतेको डडेल्धुरा अपस्तालमा उपचार भइरहेको छ । 

प्रेसर पाइप फुट्दा दुर्घटनाबाट जोगाउन चालकले बस नालीतर्फ लग्दा दुर्घटना भएको डडेल्धुरा प्रहरीका सूचना अधिकारी कुसुम नायकले जानकारी दिए । 





  • प्रकाशित मिति : माघ २५, २०८० बिहीबार ११:४२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया