विरोध प्रदर्शन गर्न नदिएको भन्दै काठमाडौं महानगरपालिकाविरुद्ध विरोध प्रदर्शन

काठमाडौं महानगरपालिकाले शान्ति बाटिकामा धर्ना तथा विरोध प्रदर्शन गर्न रोक लगाएको भन्दै पीडितहरू महानगरपालिका विरुद्ध आन्दोलित भएका छन् । शान्ति बाटिकामा विभिन्न माग तथा मुद्दा लिएर पीडितहरूको छुट्टाछुट्टै समूह धर्ना बस्दै आएका छन् । 

गत सोमबार काठमाडौँ महानगरपालिकाले शान्ति बाटिकामा धर्नारत पीडितहरूलाई हटाएसँगै पीडितहरू महानगरपालिकाविरुद्ध आन्दोलित भएका हुन् । बिहीबार शान्ति बाटिकामा पीडितहरूले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै आफूहरूलाई महानगरपालिकाले ज्यादती गरेको बताएका छन् । 

शान्तिपूर्ण तरिकाले आन्दोलन गर्न पाउने र आफ्ना कुरा राख्न पाउने संविधान प्रदत्त अधिकारमाथि महानगरपालिकाका मेयर बालेन साहले हस्तक्षेप गरेका उनीहरूको भनाई छ । उनीहरूले शान्ति बाटिकामा आफूहरूको धर्ना जारी रहने पनि बताएका छन् ।

२३८ दिनदेखि आरती साहको न्यायको लागि भन्दै धर्नामा बसेका आरती साहको दाजु प्रेम साहले आफूहरू हत्यारा, प्रहरी र सरकारबाट मात्रै नभई काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबाट पनि पीडित भएको बताइन् । 

त्यस्तै, मिटर ब्याज तथा ठगी विरुद्ध किसान, मजदुर संघर्ष समिति उपत्यका सदस्य मुना केसीले गत सोमवार धर्नारत महिला तथा बालबालिकाहरूलाई नगर प्रहरीले जबरजस्त शान्ति बाटिकाबाट निकालेर ज्यादती गरेको बताइन् ।  





  • प्रकाशित मिति : माघ २५, २०८० बिहीबार १८:१३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया