कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले फर्स्ट बेञ्चर र लास्ट बेञ्चर विद्यार्थीको ज्ञानको मापन अंकमा गर्ने व्यवस्था बदल्नुपर्ने बताएका छन् ।
एक स्थानीय पत्रिकाको वार्षिकोत्सव अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले ज्ञानको मापन अक्षरमा नभइ खोज र अनुसन्धानका आधारमा हुनुपर्ने बताए ।
‘फर्स्ट बेञ्चर र लास्ट बेञ्चरको ज्ञान र क्षमताको मापन अक्षरबाट हुँदैन र गर्नपनि मिल्दैन,’ मुख्यमन्त्री कार्कीले भने, ‘अल्बर्ट आइन्स्टाइन लगायतका व्यक्तिहरू किताबी ज्ञानले नभइ प्रकृतिबाट प्राप्त शिक्षाले वैज्ञानिक भएको बुझ्नु आवश्यक छ तर अहिलेका अभिभावकहरू पनि आफ्ना बालबालिकाको शिक्षा र ज्ञानको मापन नम्बरमा नै खोजिरहेका छन् ।’
त्यसैले अब अहिलेको शैक्षिक व्यवस्था बदलेर अब्बल नागरिक बनाउने व्यवस्थामा जानुपर्ने मुख्यमन्त्री कार्कीले बताए । शिक्षा र ज्ञान फरक विषय भएको सबैले बुझ्नु आवश्यक भएको उनको भनाइ छ ।
‘सामुदायिक विद्यालयहरूमा अहिले अंग्रेजी र नेपाली माध्यमबाट छुट्टाछुट्टै भाषामा शिक्षा दिएर विद्रोहको बिऊ रोपिरहेको छ,’ मुख्यमन्त्री कार्कीले भने, ‘धनी भएको कारण अंग्रेजी र गरिब भएकाले नेपाली माध्यममा शिक्षा प्राप्त गरेको असर बालबालिकामा कस्तो पर्छ भन्ने बुझ्नु पर्दैन ?’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।