एक खेल बाँकी छँदै नेपालले जित्याे एकदिवसीय शृंखला

नेपालले क्यानडासँगको एकदिवसीय शृंखला जितेको छ। एक खेल बाँकी छँदै नेपाली टिमले एकदिवसीय शृंखला जितेको हाे ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो एकदिवसीय खेल नेपालले चार विकेटले जितेको हो। क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले ४५.१ ओभरमा पूरा गरेको हो।

नेपालका लागि रोहित पौडेलले ८६, देव खनालले ७६, अनिल साहले ५०, भीम सार्कीले २३ र पवन सर्राफले १४ रन बनाए।

क्यानडाका लागि हर्स ठाकुर र ईश्वरज्वत सोनीले दुई(दुई, साद विन जाफर र दिलप्रित बज्वाले एक-एक विकेट लिए।

यसअघि ब्याटिङ गरेको क्यानडले नौ विकेटको क्षतिमा २८५ रन बनाएको हो। क्यानडाका लागि आरोन जोनसनले ६५, नवनीत धलिवालले ४६, श्रेयस मोभ्वाले ४० र प्रगत सिंहले ३८ रन बनाए।

नेपालका लागि कुशल मल्ल र रोहित पौडेलले दुई-दुई तथा सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सर्राफले एक(एक विकेट लिए।



यो जितसँगै नेपालले शृंखला जितेको छ। यअसघि बिहीबार भएको पहिलो खेल सात रनले जितेको थियो।



  • प्रकाशित मिति : माघ २७, २०८० शनिबार १६:३७:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया