एसिसी प्रिमियर कपमा भुटानले दियो नेपाललाई ६६ रनको लक्ष्य
तस्बिर : एसिसी

मलेसियामा जारी एसिसी महिला प्रिमियर कप टी–२० प्रतियोगितामा भुटानले नेपाललाई ६६ रनको लक्ष्य दिएको छ । बायुमास ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भुटानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ६५ रन बनायो । 

उसका लागि नगावाङ छोडेनले २५, डिचेन वाङ्मोले १७ र छिरिङ जाङ्मोले १६ रन बनाए । नेपालका लागि कप्तान इन्दु वर्मा, कविता कुँवर, कवित जोशी र सीता राना मगरले एक/एक विकेट लिए । नेपाल जारी प्रतियोगिताका दोस्रो जित खोजीमा छ ।  

नेपालले पहिलो खेलमा शनिबार हङकङलाई ८ विकेटले हराएको थियो । जारी प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ । १६ टिमलाई ४ समूहमा विभाजन गरिएको छ । फाइनल पुग्ने दुई टोलीले एसिसी महिला एसिया कप खेल पाउनेछन् ।  

त्यस्तै, सेमिफाइनल पुग्ने चार टोली इमर्जिङ एसिया कपमा छनोट हुनेछन् । समूह ‘डी’ मा नेपाल र भुटानसहित, हङकङ र माल्दिभ्स पनि रहेका छन् ।
 





  • प्रकाशित मिति : माघ २८, २०८० आइतबार ८:३९:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया