प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित, भुटानविरुद्ध पनि निकाल्यो सानदार जित

नेपालले मलेसियामा जारी एसिसी महिला प्रिमियर कप टी–२० प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । दोस्रो जित निकाल्नेक्रममा नेपालले आइतबार भुटानलाई ८ विकेटले हरायो । 

नेपालले पहिलो खेलमा हङकङलाई पनि ८ विकेटले हराएको थियो । आफ्नो दोस्रो खेलमा भुटानले दिएको ६६ रनको सामान्य लक्ष्य नेपालले ११.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालका लागि सीता राना मगरले ३७ बलमा दुई चौका र एक छक्काको मद्दतमा अविजित ३७ रन बनाइन् । यस्तै, पूर्वकप्तान रुबिना क्षेत्रीले २४ बलमा एक छक्का र एक चाैकासहित अविजित १७ रनको पारी खेलिन् ।

कविता कुँवर पाँच र कप्तान इन्दु वर्मा एक रनमा आउट भए । भुटानका लागि अञ्जु गुरुङ र अञ्जली घलेले मात्र एक/एक विकेट लिन सके । त्यसअघि बायुमास ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भुटानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ६५ रन बनायो । 



उसका लागि नगावाङ छोडेनले २५, डिचेन वाङ्मोले १७ र छिरिङ जाङ्मोले १६ रन बनाए । नेपालका लागि कप्तान इन्दु वर्मा, कविता कुँवर, कवित जोशी र सीता राना मगरले एक/एक विकेट लिए । 

आजको जितसँगै नेपाल समूह ‘डी’ को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । नेपालले दुई खेलबाट ४ अंक जोडेको छ । यस्तै, दोस्रो स्थानमा रहेको भुटानको दुई खेलबाट दुई अंक छ । 



जारी प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ । १६ टिमलाई ४ समूहमा विभाजन गरिएको छ ।

फाइनल पुग्ने दुई टोलीले एसिसी महिला एसिया कपमा छनोट हुनेछन् । त्यस्तै, सेमिफाइनल पुग्ने चार टोली इमर्जिङ एसिया कपमा छनोट हुनेछन् । समूह ‘डी’ मा नेपाल र भुटानसहित, हङकङ र माल्दिभ्स पनि रहेका छन् ।

  • प्रकाशित मिति : माघ २८, २०८० आइतबार ९:५६:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया