पाकिस्तानमा आमनिर्वाचन : स्वतन्त्र उम्मेदवार १०१, पीएमएल-एन ७५ र पीपीपी ५४ सिटमा विजयी

पाकिस्तानको निर्वाचन आयोगले यही ८ फेब्रुअरीमा भएको आम निर्वाचनको पूर्ण परिणाम आइतबार सार्वजनिक गरेको छ ।

पाकिस्तानको नेशनल एसेम्ब्ली (राष्ट्रिय सभा) का लागि घोषित निर्वाचन परिणामअनुसार स्वतन्त्र उम्मेदवारले १०१, पूर्वप्रधानमन्त्री नवाज सरिफको पाकिस्तान मुस्लिम लिग–नवाजले ७५ र पूर्वविदेशमन्त्री बिलावल भुट्टो जरदारीले ५४ सिट प्राप्त गरेका छन् ।

निर्वाचन परिणाममा व्यापक धाँधली भएको आरोप लगाउँदै पूर्वप्रधानमन्त्री इमरान खानको पीटीआईले आइतबार देशव्यापी विरोध प्रदर्शनको घोषणा गरेको छ । 

परिणाममा लामो ढिलाइपछि सैन्य प्रतिष्ठानले मतदानमा धाँधली गरेको आरोप पीटीआई नेताहरूले लगाएका हुन् । सेनाको समर्थन रहेको भनिएको पीएमएल–एनले सबैभन्दा बढी सिट प्राप्त गर्ने पार्टीको रूपमा विजयको घोषणा गरेको छ । 

तीन पटकका पूर्वप्रधानमन्त्री नवाज सरिफले स्थापना गरेको पार्टीले सरकार गठनका लागि प्रतिद्वन्द्वी र स्वतन्त्र उम्मेदवारसँग सम्झौता गर्न बाध्य हुने देखिएको छ । 

पाकिस्तानी सेना प्रमुखले शनिबार चुनाव ‘जित र हारको शून्य योगफलको प्रतिस्पर्धा’ नभएको भन्दै राजनीतिक ध्रुवीकरण अन्त्य गर्न आग्रह गरेका छन् । ‘अराजकता र ध्रुवीकरणको राजनीतिबाट माथि उठ्न राष्ट्रलाई स्थिर हात र उपचारात्मक स्पर्शको खाँचो छ,’ सेना प्रमुख जनरल सैयद असीम मुनिरलाई उद्धृत गर्दै सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।    





  • प्रकाशित मिति : माघ २८, २०८० आइतबार १४:३७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया