च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीको सानदार जित

म्यानचेस्टर सिटीले युरोपेली च्याम्पियन्स लिगमा कोपनहेगनविरुद्ध ३–१ को जित निकालेको छ । डिफेन्डिङ च्याम्पियन सिटीले एफसी कोपनहेगनविरुद्ध राउन्ड अफ सिक्सटीनको पहिलो लेगमा ३–१ गोल अन्तरको जित निकालेको हो ।  

एफसी कोपनहेगनको मैदानमा केभिन डी ब्रुएनले गोल गर्दै १० औं मिनेटमा सिटीलाई अग्रता दिलाएका थिए ।

उनले फिल फोडेनको पासमा गोल गरेका थिए । ३४ औं मिनेटमा मग्नुस म्याटसनले गोल गरेपछि कोपनहेगनलाई बराबरीमा ल्याएका थिए ।

४५ औं मिनेटमा बर्नान्डो सिल्भाले गोल गर्दै सिटीलाई पहिलो हाफमा २–१ ले अघि बढाए । दोस्रो हाफको अतिरिक्त समयमा फिल फोडेनले गोल गरेपछि सिटी ३–१ को सहज जित निकाल्न सफल भयो ।

अब दोस्रो लेग बुधबार हुने छ । उक्त खेल बराबरीमा मात्रै टुंगिँदा पनि सिटी अन्तिम ८ मा प्रवेश गर्नेछ । 





  • प्रकाशित मिति : फागुन २, २०८० बुधबार ९:९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया