logo-img

आगामी वर्ष २०८१ सालमा ३० दिन सार्वजनिक बिदा [सूचीसहित]

सरकारले विक्रम सम्बत २०८१ सालमा शनिबारबाहेक ३० दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै शनिबारबाहेक अगामी वर्षमा ३० दिन सार्वजनिक बिदा दिइने जनाएको हो । 

मन्त्रालयले जारी गरेको सूचीअनुसार अगामी वर्षमा ३० दिन विभिन्न दिवस, पर्व तथा जयन्तीको अवसरमा सार्वजनिक बिदा बाहेक ५३ दिन साप्ताहिक शनिबारे बिदा परेको छ ।  यसरी विभिन्न पर्व तथा जयन्ती र शनिबारसहितको बिदा जोड्दा आगामी वर्ष ८३ दिन सार्वजनिक बिदा परेको छ । 

बिदा सूचीअनुसार मुलुकभरि सार्वजनिक बिदा हुने पर्वमा पहिलो नव वर्षको दिन अर्थात् वैशाख १ गते छ । त्यसपछि वैशाख ५ गते रामनवमी र जेठ १० गते चण्डी पूर्णिमा, बुद्ध जयन्ती, राई, लिम्बू, याक्खा, सुनुवारलगायतका किरात समुदायको उभौली पर्वको सार्वजनिक बिदा छ । 



भदौ ३ गते रक्षा बन्धन, भदौ १० गते श्रीकृष्ण जन्माष्टमी र असोज १७ गते घटस्थापनाको दिन सार्वजनिक बिदा छ । त्यस्तै, अगामी वर्ष असोज २४–२८ फूलपातीदेखि द्धादशीसम्म पाँच दिन दसैँ बिदा  छ भने कात्तिक १५–१९ लक्ष्मीपूजादेखि पाँच दिन तिहार बिदा दिइएको छ । 

त्यसैगरी, सरकारले कात्तिक ११ गते छठ पर्व, मंसिर ३० गते धान्य पूर्णिमा अर्थात् किरात समुदायको उधौली पर्व, योमरी पुन्हि (ज्यापु दिवस), पुस १० गते इसाई धर्मावलम्बीको पर्व क्रिसमस डे, पुस १५ गते तमु ल्होसार, माघ १ गते माघी पर्व अर्थात् माघे संक्रान्ति, माघ १७ गते सोनाम ल्होसार, फागुन १४ गते महाशिवरात्रि, फागुन १६ गते हिमाली आदिवासी शेर्पाले मनाउने ग्याल्पो ल्होसारको सार्वजनिक बिदा दिएको छ ।

मुलुकभरि सबैलाई हुने सार्वजनिक दिवस बिदामा वैशाख १९ गते विश्व मजदुर दिवस, जेठ १५ गते गणतन्त्र दिवस, असोज ३ गते संविधान दिवस, माघ १६ गते शहीद दिवस, र फागुन ७ गते प्रजातन्त्र दिवस, र फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवसको बिदा छ ।



सार्वजनिक बिदाका दिन शनिबार परेका कारण पाँच दिन बिदा घटेको गृह मन्त्रालयले जनाएको छ ।



  • प्रकाशित मिति : फागुन २, २०८० बुधबार १७:१३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया