अमेरिकी सिनेटले रोक्यो युक्रेनमाथिको युद्ध सहायता
ट्रम्पनिकट सभामुखले मानेनन् बाइडेनको आग्रह

अमेरिकी प्रतिनिधिसभाका सभामुखले रुसी नेता भ्लादिमिर पुटिनविरुद्ध उभिनका लागि युक्रेनलाई युद्ध सहायता प्रदान गर्न आवश्यक रहेको अमेरिकी राष्ट्रपति जो बाइडेनको आग्रहलाई बेवास्ता गर्दै मंगलबार युक्रेनका लागि युद्ध सहायता रोकेका छन् । 

आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा बाइडेनका सम्भावित प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पसँग निकट रहेर काम गर्ने सभामुख माइक जोनसनले आफूले विधेयकमाथिको मतदानलाई अगाडि बढाउने कुनै मनसाय नरहेको बताए । ‘मैले पक्कै पनि दिने छैन,’ उनले भने । 

उक्त विधेयक मंगलबार सिनेटमा पारित भएको थियो । यसमा मुख्यतया पश्चिमसमर्थक युक्रेनको सुरक्षाका साथै इजरायल र ताइवानको शीर्ष अमेरिकी रणनीतिक प्राथमिकताहरूको लागि ९५ अर्ब अमेरिकी डलरको कोष समावेश छ ।

ह्वाइट हाउसमा बाइडेनले अमेरिकी सहयोगी राष्ट्रलाई सहयोग गर्नु र विशेषगरी युक्रेनले दुई वर्षदेखि जारी रुसी आक्रमणलाई रोक्न संघर्ष गरिरहेको अवस्थामा सहयोग गर्नु आधारभूत जिम्मेवारी भएको बताएका थिए । 

‘इतिहासले चिहाइरहेको छ,’ बाइडेनले टेलिभिजनमा पाँचपटक उक्त वाक्यांश दोहोर्याउँदै भने, ‘यो विधेयकको समर्थन गर्नु पुटिनको विपक्षमा उभिनु हो । यसको विरोध गर्नु पुटिनको हातमा खेल्नु हो,’ अमेरिकी राष्ट्रपति बाइडेनले भने । 

पूर्वराष्ट्रपति ट्रम्पले आर्थिक प्रतिबद्धता पूरा गर्न असफल भएका नेटो सदस्यराष्ट्रहरूमाथि आक्रमण गर्न रूसलाई प्रोत्साहित गरेपछि राष्ट्रपति बाइडेनले ट्रम्पको पनि आलोचना गरेका थिए । 



राष्ट्रपति बाइडेनले भने, ‘भगवान्लाई साक्षी राखेर बोल्नुपर्छ, वास्तवमा यो मूर्ख र लाजमर्दो कुरा हो । यो खतरनाक छ । यो गैर–अमेरिकी निर्णय हो,’ बाइडेनले भने, ‘दुईपटक महाभियोग लागेका ट्रम्पले पश्चिमी सैन्य गठबन्धनलाई ‘प्रोटेक्सन र्याकेट’का रूपमा हेर्नुभएको छ ।’ 

उनले थपे, ‘अमेरिकी इतिहासमा कुनै पनि राष्ट्रपतिले रुसी ‘अधिनायकवाद’सामु झुकेका छैनन् ।’



संसद् (अमेरिकी कंग्रेस)मा रहेको अस्तव्यस्तताका कारण युक्रेनलाई दिने अमेरिकी सहयोग महिनौँदेखि ठप्प भएको छ भने युक्रेनी नेताहरूले बढ्दो रुसी आक्रमणको सामना गर्न मद्दतको याचना गरिरहेका छ ।

सिनेटको ९५ अर्ब डलरको प्याकेजमा इजरायली सेना र ताइवानका लागि आर्थिक सहयोग समावेश गरिएको छ । तर, ६० अर्ब अमेरिकी डलरको ठूलो हिस्साले युक्रेनलाई गोलाबारुद आपूर्ति, हतियार र अन्य महत्वपूर्ण आवश्यकताहरूको पुनः भण्डारण गर्न मद्दत गर्नेछ ।

  • प्रकाशित मिति : फागुन २, २०८० बुधबार २३:१६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया