एयु आयोग प्रमुखको आह्वान : इजरायल-प्यालेस्टाइन विवादको राजनीतिक समाधान गरौँ

अफ्रिकी युनियन (एयु) आयोगका अध्यक्ष मोसा फकी महामतले बुधवार इजरायल–प्यालेस्टाइन द्वन्द्वको राजनीतिक समाधान खोज्न आह्वान गरेका छन् ।

इथियोपियाको राजधानी अदिस अबाबामा बुधवार सुरु भएको एयुको कार्यकारी परिषद्को ४४ औँ साधारण सत्रलाई सम्बोधन गर्दै पान–अफ्रिकी ब्लकका अध्यक्षले यस्तो टिप्पणी गरेका हुन् । 

उनले दुई राज्यहरूको सिद्धान्तमा आधारित राजनीतिक समाधानको लागि दृढ प्रतिवद्धता आवश्यक रहेको बताए । एयू कार्यकारी परिषद्को बैठक,मा एयु सदस्यहरूका विदेश मामिला मन्त्रीहरू समावेश छन् । बैठक जारी छ । 





  • प्रकाशित मिति : फागुन ३, २०८० बिहीबार ११:३९:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया