संविधान खतरामा परिसक्यो, छलफल गर्ने बेला भयो : पूर्वसभामुख ढुंगाना

पूर्वसभामुख दमननाथ ढुंगानाले संविधान खतरामा परिसकेको दाबी गरेका छन् । बिहीबार सर्वोच्च अदालत बार एशोसिएशनको स्वर्ण महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले संविधानमा देशको विगतकै नियति दोहोरिन लागेको बताए । उनले संविधानका असंगतिमा छलफल गर्ने बेला भइसकेको पनि बताए । उनले देशको सबैभन्दा ठूलो राजनीतिक संकट भनेको संवैधानिक अस्थिरता नै रहेको बताए । 

उनले भने, ‘संविधानका असंगतिमा छलफल गर्ने बेला भइसकेको छ । यो राष्ट्रव्यापी छलफल हुनुपर्छ । कुरा संवैधानिक परिषद्, न्यायपरिषद् र इजलासको मात्रै होइन । समग्र संविधानलाई हेर्दा म के देख्छु भने कन्फिक्ट जन्माउने संविधान भइरहेको छ । संविधान खतरामा परिसकेको छ । संविधानमा हाम्रो राष्ट्रको जुन नियति छ त्यो दोहोरिँदै छ । हाम्रो देशको सबैभन्दा ठूलो राजनीतिक संकट भनेको संवैधानिक अस्थिरता हो । संविधान जति गणतान्त्रिक हुनुपर्ने हो त्यति भएको छैन ।’ 





  • प्रकाशित मिति : फागुन ४, २०८० शुक्रबार १३:४३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया