शेखर कोइराला भन्छन्– ‘पार्टीमा प्रस्तुत प्रतिवेदन र दस्तावेजमा गठबन्धनको छाँया देखियो’
फाइल तस्बिर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिएका प्रतिवेदन र दस्तावेजमा सत्तारुढ गठबन्धनको छायाँ परेको बताएका छन् ।

शुक्रबार केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्नेक्रममा कोइरालाले महासमिति बैठकमा प्रस्तुत हुने प्रस्ताव पार्टीको मौलिकतामा आधारित हुनुपर्ने धारणा राखेका हुन् ।

उनले पार्टीको इतिहासको गुणगान मात्र गाउनु र यथास्थितिमै रमाउने बानी परिवर्तन गर्न सुझाव दिए  । मुलुक र पार्टीको समस्यालाई मार्गचित्रसहित भरोसायुक्त समाधान दिने काम गर्न र सूक्ष्म विश्लेषण गर्दै सक्षमताको खोजी गर्नुपर्ने धारणा राखे ।





  • प्रकाशित मिति : फागुन ४, २०८० शुक्रबार १६:७:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया