एम्बाप्पेको गोलमा पिएसजीको सहज जित
फाइल तस्बिर

फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सहज जित निकालेको छ । शीर्ष स्थानको पिएसजीले नान्टेसविरुद्ध २–० को जित निकालेको हो । पिएसजीको जितमा हर्नान्डेज र एम्बाप्पेले एक गोल गोल गरे ।

लुकास हर्नान्डेजले ६० औं मिनेटमा गोल गर्दै पिएसजीलाई अग्रता दिलाए । ७८ औं मिनेटमा एम्बाप्पेले पेनाल्टीमा गोल गरेपछि पिएसजी २–० को सहज जित निकाल्न सफल भयो । 

जितपछि शीर्ष स्थानको पिएसजीले ५३ अंक बनाएको छ । पराजित भएको नान्टेस २२ अंकका साथ १३ औं स्थानमा छ । पिएसजीले दोस्रो स्थानमा रहको नाइसलाई १४ अंकले पछि पारेको छ ।

फ्रेन्च लिगकै अर्को खेलमा लिलेले लीहाभ्रेलाई ३–० गोल अन्तरले पराजित गर्न सफल भयो । लिलेको जितमा जोनाथन डेभिडले ह्याट्रिक गरेका थिए । उनले १४, ४४ औं र ४९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।

जितसँगै लिले ३८ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ भने लि हाभ्रे २४ अंकका साथ १२ औं स्थानमा छ ।





  • प्रकाशित मिति : फागुन ६, २०८० आइतबार ९:१३:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया