दलहरूबीचको भागबण्डाले संविधानको मूल मर्ममाथि नै प्रहार भयो : सांसद राई

नेकपा (माओवादी केन्द्र)की सांसद दुर्गा राईले दलहरूबीच हुने भागबन्डा गठबन्धनको नाममा संविधानको मूल मर्म विपरीत प्रयोग भएको बताएकी छन् । 

आइतबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा भाग लिँदै उनले धारा ७० मा व्यवस्था गरिएको राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग ‘वा’ समुदायको हुने भन्ने ठाउँमा ‘र’ राखी संशोधन गर्न माग गरिन् । 

उनले भनिन्,‘दलहरूबिच हुने भागबन्डा वा गठबन्धनको नाममा आजसम्म यसले संविधानको मूल मर्ममा प्रहार भएको छ । ५१ प्रतिशत महिला अधिकारको हनन भएको छ । धारा ७० मा व्यवस्था गरिएको राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग ‘वा’ समुदायको हुने भन्ने ठाउँमा ‘र’ राखेर संशोधन गरौँ भनी अनुरोध गर्दछु  ।’ 





  • प्रकाशित मिति : फागुन ६, २०८० आइतबार १३:३७:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया