पहिलो खेलमा नेपाल ‘ए’ क्यानडा-११ सँग पराजित

आफ्नो डेब्यू खेलमा नेपाल ‘ए’ क्रिकेट टिम क्यानडा–११ सँग पराजित भएको छ । आइतबार मुलपानी मैदानमा भएको खेलमा नेपाललाई क्यानडा–११ ले ४ विकेटले पराजित गर्‍यो ।
 
नेपालले दिएको दुई सय १७ रनको लक्ष्य क्यानडाले ३ बल खेल्न बाँकी छदा ६ विकेट गुमाएर पार गर्‍यो । क्यानडाका लागि नवनीत धलीवालले ८० रन जोड्दा निखिल दत्ताले नटआउट ६७ रन र श्रेयस मोभ्भाले नटआउट २३ रन जोडे । 

नेपालका लागि साहब अलामले २ विकेट लिए ।  उनले १० ओभरमा ३१ रन खर्चिए । यस्तै प्रतिश जिसी, रशिद खान, सागर ढकाल र बसिर अहमदले १–१ विकेट लिए ।





  • प्रकाशित मिति : फागुन ६, २०८० आइतबार १६:५९:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया