विश्वकप लिग–२ सिरिज : नामिबियाविरुद्ध टस जितेर नेदरल्याण्ड्स फिल्डिङमा
फाइल तस्बिर

आइसिसी विश्वकप क्रिकेट लिग–२ सिरिजमा नामिबियाविरुद्ध नेदरल्याण्ड्सले टस जितेर फिल्डिङ रोजेको छ । यी दुई टिमबीचको खेल बिहान ९ः३० देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुँदैछ ।

जारी सिरिजमा नामिबिया लगातार दोस्रो जितको खोजीमा छ । उसले पहिलो खेलमा घरेलु टिम नेपाललाई ४ विकेटले हराएको थियो । नेदरल्याण्ड्स भने पहिलो जित निकाल्न चाहन्छ । ऊ पहिलो खेलमा नेपालसँग ९ विकेटले पराजित भएको थियो । 

नेदरल्याण्ड्स पहिलोपटक लिग–२ खेल्न लागेको हो । ऊ गत संस्करणमा आइसिसी विश्वकप सुपर लिग खेलेको थियो ।

सुपर लिगको पुछारमा रहेकाले नेदरल्याण्ड्स योपटकदेखि लिग–२ खेल्न लागेको हो । नामिबिया गत संस्करणको लिग–२ मा चौथो भएको थियो ।  





  • प्रकाशित मिति : फागुन ७, २०८० साेमबार ८:४३:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया