नेदरल्याण्ड्सविरुद्ध नामिबियाको कमजोर सुरुवात, सस्तैमा गुमायो तीन विकेट
फाइल तस्बिर

आइसिसी विश्वकप क्रिकेट लिग–२ सिरिजमा नेदरल्याण्ड्सविरुद्ध नामिबियाले खराब सुरुवात गरेको छ । उसले पावरप्ले (सुरुवाती १० ओभर) नसकिँदै महत्वपूर्ण तीन विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले तेस्रो विकेटको रूपमा ओपनर जेपी कोएट्जीलाई गुमायो । उनलाई स्पिनर आर्यन दत्तले नवौँ ओभरको अन्तिम बलमा ५ रनमा बोल्ड गरे । 

नामिबियाले दोस्रो विकेटको रूपमा माइकल भ्यान लिङ्गेनलाई गुमायो । उनलाई ८.२ ओभरमा ४ रनमा आर्यनले एल्बीडब्लू धरापमा पारे । नामिबियाले पहिलो विकेटको रूपमा निकालेस डेभिनलाई गुमायो ।

उनी ७.३ ओभरमा काइल क्लेनको बलमा १३ रनमा क्याच आउट भए । जारी सिरिजमा नामिबिया लगातार दोस्रो जितको खोजीमा छ । उसले पहिलो खेलमा घरेलु टिम नेपाललाई ४ विकेटले हराएको थियो । 

नेदरल्याण्ड्स भने पहिलो जित निकाल्न चाहन्छ । ऊ पहिलो खेलमा नेपालसँग ९ विकेटले पराजित भएको थियो । नेदरल्याण्ड्स पहिलोपटक लिग–२ खेल्न लागेको हो । ऊ गत संस्करणमा आइसिसी विश्वकप सुपर लिग खेलेको थियो । 

सुपर लिगको पुछारमा रहेकाले नेदरल्याण्ड्स यो पटकदेखि लिग–२ खेल्न लागेको हो । नामिबिया गत संस्करणको लिग–२ मा चौथो भएको थियो ।  





  • प्रकाशित मिति : फागुन ७, २०८० साेमबार १०:१८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया