आइसिसी विश्वकप क्रिकेट लिग–२ सिरिजमा नेदरल्याण्ड्सविरुद्ध नामिबियाले सस्तैमा पाँचौं विकेट गुमाएको छ । नामिबियाले ४४ रन जोड्दा महत्वपूर्ण ६ विकेट गुमाएको हो । नामिबियाले छैटौँ विकेटको रूपमा जान निकोल लोफ्टी ईटनलाई शून्यमै गुमायो । उनलाई पनि स्पिनर आर्यन दत्तले पवेलियन फर्काए ।
नामिबियाले पाँचौं विकेटको रूपमा कप्तान गेर्हार्ड इरास्मसलाई गुमायो । उनी १२.२ ओभरमा आर्यन दत्तको बलमा १३ रनमा क्याच आउट भए । नामिबियाले चौथो विकेट गुमाउनेक्रममा १०.३ ओभरमा जन फ्रिलिंकलाई शून्यमै गुमायो । उनलाई पनि स्पिनर आर्यन दत्तले आउट गरे ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले तेस्रो विकेटको रूपमा ओपनर जेपी कोएट्जीलाई गुमायो । उनलाई आर्यन दत्तले नवौँ ओभरको अन्तिम बलमा ५ रनमा बोल्ड गरे ।
नामिबियाले दोस्रो विकेटको रूपमा माइकल भ्यान लिङ्गेनलाई गुमायो । उनलाई ८.२ ओभरमा ४ रनमा आर्यनले एल्बीडब्लू धरापमा पारे ।
नामिबियाले पहिलो विकेटको रूपमा निकालेस डेभिनलाई गुमायो । उनी ७.३ ओभरमा काइल क्लेनको बलमा १३ रनमा क्याच आउट भए । जारी सिरिजमा नामिबिया लगातार दोस्रो जितको खोजीमा छ । उसले पहिलो खेलमा घरेलु टिम नेपाललाई ४ विकेटले हराएको थियो ।
नेदरल्याण्ड्स भने पहिलो जित निकाल्न चाहन्छ । ऊ पहिलो खेलमा नेपालसँग ९ विकेटले पराजित भएको थियो । नेदरल्याण्ड्स पहिलोपटक लिग–२ खेल्न लागेको हो । ऊ गत संस्करणमा आइसिसी विश्वकप सुपर लिग खेलेको थियो ।
सुपर लिगको पुछारमा रहेकाले नेदरल्याण्ड्स यो पटकदेखि लिग–२ खेल्न लागेको हो । नामिबिया गत संस्करणको लिग–२ मा चौथो भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।