नेदरल्याण्ड्ससँग नामिबिया १२३ रनमै अलआउट, आर्यन दत्त एक्लैले लिए ६ विकेट

आइसिसी विश्वकप क्रिकेट लिग–२ सिरिजमा नामिबियाले नेदरल्याण्ड्सलाई १ सय २४ रनको सामान्य लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबिया ३५.१ ओभरमा १ सय २३ रनमा अलआउट भयो ।  

उसका लागि जेजे स्मितले २६, रुबेन ट्रम्पलम्यानले २०, जेन ग्रीनले १९, निकोलास डेभिन र गेर्हार्ड इरास्मसले १३/१३ तथा बर्नार्ड स्कोल्ट्जले १२ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । 

नामिबियालाई सस्तैमा समेट्नेक्रममा नेदरल्याण्ड्सका स्पिनर आर्यन दत्तले ९ ओभरमा ३४ रन दिएर ६ विकेट लिए । एकदिवसीयमा उनको यो करियरकै उत्कृष्ट बलिङ हो ।

यस्तै, काइल क्लेनले दुई, रोइलोफ भ्यान डेर मर्वे र म्याक्स ओ’दाउदले एक/एक विकेट हात पारे । जारी सिरिजमा नामिबिया लगातार दोस्रो जितको खोजीमा छ । उसले पहिलो खेलमा घरेलु टिम नेपाललाई ४ विकेटले हराएको थियो । 

नेदरल्याण्ड्स भने पहिलो जित निकाल्न चाहन्छ । ऊ पहिलो खेलमा नेपालसँग ९ विकेटले पराजित भएको थियो ।  





  • प्रकाशित मिति : फागुन ७, २०८० साेमबार १२:७:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया