बारामा ट्रक र गाडी ठोक्किँदा दुईको मृत्यु, तीनजना घाइते

बाराको पथलैयामा आज बलेरो गाडी र ट्रक एकापसमा ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत जितपुर सिमरा–२१ स्थित अदाभारमा भएको सो दुर्घटनामा नुवाकोट बिदुर नगरपालिका–९ कोल्नी बस्ने ३० वर्षीय सुजन मगराती र भारतीय नागरिक २८ वर्षीय चन्दन चौहानको मृत्यु भएको हो ।

यस्तै, दुर्घटनामा तीनजना घाइते भएका छन् । घाइते हुनेमा २२ वर्षीय राहुल चौधरी, १७ वर्षीय सुदिप चौहान र १९ वर्षीय रामलखन चौहान रहेका छन् । घाइतेको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ । 

प्रहरीले ट्रक चालक बारा परवानीपुर गाउँपालिका वडा नम्बर ४ चैनपुर घर भई जीतपुर सिमरा–२ हुलास टोल बस्ने ३० वर्षीय रवि पटेललाई नियन्त्रणमा लिएको छ ।  

प्रहरी निरीक्षक रामकुमार महतोका अनुसार हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२६ च १३३४ नंको बलेरो तथा विपरीत दिशाबाट आउँदै गरेको ना६ख ३३५२ नंको ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।  





  • प्रकाशित मिति : फागुन ९, २०८० बुधबार १४:३२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया