सिके राउत भन्छन्- ‘गठबन्धनमा सत्ता टिकाउने र प्रतिस्पर्धीलाई समाप्त पार्ने कुरामा मात्र छलफल हुन्छ’
‘प्रतिनिधिसभा चार नेताको रबर स्ट्याम्पजस्तो’
फाइल तस्बिर

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले गठबन्धनले सत्ता टिकाउने र प्रतिस्पर्धीलाई समाप्त पार्ने कुरामा मात्रै छलफल गर्ने गरेको आरोप लगाएका छन् ।  

बिहीबारको प्रतिनिधि सभाको बैठकमा देशमा चरम निराशा व्याप्त रहेको उल्लेख गर्दै उनले सरकार, व्यवस्था, देशप्रति, राजनीतिक पार्टीप्रति, नेताहरूप्रति चर्को उदासीनता सुरु भएको पनि बताए ।

राउतले व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका पूर्णतः असफल दिशातिर गइरहेको बताए । उनले प्रतिनिधिसभा चार नेताको रबर स्ट्याम्प जस्तो प्रयोग भइरहेको पनि बताए ।  

राउतले गठबन्धनका बैठकमा जनसरोकारका मुद्दामा छलफल नै नभएको बताए । उनले जंगबहादुर राणाले रगतको आहालमा खेलेर आफ्नो राज्यसत्ता ल्याएको र अन्तिममा आफैं सेतो बाघबाट त्रसित हुनुपरेको झैँ अहिलेको शासन व्यवस्थाबाट शासन व्यवस्था ल्याउने त्रसित भएको अवस्था रहेको पनि टिप्पणी गरे ।   
 





  • प्रकाशित मिति : फागुन १०, २०८० बिहीबार १३:४५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया