जिल्ला अदालतकाे फैसला बदरको मागसहित सन्दीप पुगे पाटन उच्च अदालत

काठमाडौं जिल्ला अदालतले बलात्कार मुद्दामा दाेषी ठहर गरेपछि क्रिकेटर सन्दीप लामिछाने पुनरावेदनका लागि उच्च अदालत पाटन गएका छन् । 

काठमाडौँ जिल्ला अदालतले क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा ८ वर्ष जेल सजायको फैसला गरेको थियो ।

जिल्ला अदालतकाे फैसला बदरको मागसहित सन्दीपले उच्चमा पुनरावेदन दिएका हुन् ।

बिहीबार कानुन व्यवसायीका साथ सन्दीप आफैँ उच्च अदालत पुगेर जिल्ला अदालतको फैसला बदरको माग गरेका हुन् । 

अहिले सन्दीपकाे पुनरावेदनकाे निवेदन दर्ता प्रक्रिया अघि बढ्दै छ ।





  • प्रकाशित मिति : फागुन १०, २०८० बिहीबार १६:२३:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया