अर्थतन्त्रमा बलियो राष्ट्रसँगै ‘शैक्षिक हब’ बन्दै आयरल्याण्ड
ट्रिनिटी कलेज डब्लिन

पछिल्लो समय अन्तर्राष्ट्रिय विद्यार्थीका लागि आयरल्याण्ड शैक्षिक हबका रूपमा विकसित भइरहेको छ । आयरल्याण्डका ६ वटा विश्वविद्यालय विश्वका उत्कृष्ट ५ सयभित्र पर्छन् । जसमध्ये ट्रिनिटी कलेज डब्लिन प्याक सबैभन्दा अगाडि रहेको छ ।

आयरल्याण्ड प्राविधिक हबका साथै सुन्दर भविष्य निर्माणका लागि एक केन्द्रविन्दुसमेत बनिरहेको छ । आयरल्याण्डले अध्ययन तथा अनुसन्धानमा पनि आफ्नो उत्कृष्ट पहिचान बनाइरहेको छ । आयरल्याण्डद्वारा गरिएका १८ वटा अनुसन्धानलाई शीर्ष एक प्रतिशतभित्र राखिएको छ । आयरल्याण्डका सबै विश्वविद्यालय विश्वभर शीर्ष तीन प्रतिशतभित्र रहेका छन् । 

आयरल्याण्ड सरकारले देश तथा विदेशका मानिसलाई लगानी गर्न पनि सहज वातावरण प्रदान गरेको छ । आयरल्याण्डको करदर न्यून रहेकाले यहाँ अन्तर्राष्ट्रिय कम्पनी, व्यक्तिलाई व्यवसाय, सेवा प्रदान गर्न सहज छ ।

आयरल्याण्ड फेसबुक, गुगल र इन्टेलजस्ता ठूला बहुर्राष्ट्रिय निगमहरूको लागि आकर्षक स्थानसमेत बनिरहेको छ । यी सबै कुरा आयरल्याण्डको न्यून करदरका कारण सम्भव भएको हो । सन् २०२२/०२३  मा आयरल्याण्डले ३३ हजार ४८० अन्तर्राष्ट्रिय विद्यार्थीलाई भर्ना गरेर उच्च अन्तर्राष्ट्रिय विद्यार्थी भर्नाको रेकर्ड राखेको छ । जसमध्ये आयरल्याण्डमा भर्ना हुने विद्यार्थी संयुक्त राज्य अमेरिका, भारत र चीनबाट आउने उल्लेखनीय संख्या रहेको छन् ।

अन्तर्राष्ट्रिय विद्यार्थी स्वास्थ्य र कल्याण, व्यवसाय, प्रशासन र कानुन, कला र मानविकीजस्ता क्षेत्र अध्ययनका लागि आयरल्याण्ड जाने गरेका छन् । माल्टासँगै इयूमा दुई आधिकारिक अंग्रेजी बोल्ने देशमध्ये एकको रूपमा आयरल्याण्डले युरोपेली उपस्थिति स्थापित गर्न खोजिरहेको छ । जसले गर्दा व्यवसायीलाई पनि फाइदा पुगिरहेको छ ।  

एक हजारभन्दा बढी बहुराष्ट्रिय कम्पनीले आयरल्याण्डलाई आफ्नो घर बनाएर प्रविधि, औषधि र वित्तजस्ता उद्योग फैलाएर आयरल्याण्डको आर्थिक र शैक्षिक प्रसिद्धि निरन्तर बढिरहेको छ । अन्तर्राष्ट्रिय विद्यार्थीका लागि आयरल्याण्ड एक वृहत् अवसरको खानी हो । 



आयरल्याण्डले प्रतिव्यक्ति जिडीपीको आधारमा विश्वको दोस्रो धनी देशको रूपमा आफूलाई स्थापित गरेर विश्वलाई नै चकित पारिरहेको छ । 



  • प्रकाशित मिति : फागुन ११, २०८० शुक्रबार १८:१:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया