माल्टामा आप्रवासीको डुंगा पल्टिँदा ५ जनाको मृत्यु

उद्धार कार्यका क्रममा माल्टाको किनारमा आप्रवासी डुङ्गा पल्टिँदा कम्तीमा ५ जनाको मृत्यु भएको  छ । स्थानीय सञ्चारमाध्यमले शुक्रबार जनाएअनुसार उक्त डुङ्गामा ३० जनाभन्दा बढी आप्रवासीहरू युरोप जाँदै गरेको बताइएको छ ।

आप्रवासीहरू अप्ठ्यारोमा परेर सहयोगको याचना गरिरहेको देखिन्थे । माल्टा गस्ती डुङ्गा जहाजमा सवारहरूलाई उद्धार गर्न पठाइएको तर तिनीहरूको जहाज माल्टा तटमा पल्टिएको सुरक्षा स्रोतले जनाएको छ ।

अहिलेसम्म घटनाको कारण थाहा हुन सकेको छैन । 





  • प्रकाशित मिति : फागुन ११, २०८० शुक्रबार २०:५४:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया