मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती घाइते

उदयपुरको त्रियुगा नगरपालिका–८ मा शुक्रबार भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।​ 

नेपालटारबाट सदरमुकाम गाईघाट जाँदै गरेको प्रदेश १–०५–०१ क ००३५ नम्बरको ट्रकमा को–२८ प ७०८६ मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक उदयुरगढी–६ का ३४ वर्षीय रत्नकुमार तामाङ र पछाडि सवार उनकी ३३ वर्षीया श्रीमती उर्मिला तामाङलाई घाइते भएका थिए ।

जिल्ला अस्पताल गाईघाटमा उपचारका क्रममा रत्नकुमारको मृत्यु भएको प्रहरीले जनाएको छ । उनकी श्रीमतीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा संलग्न ट्रक चालक ४० वर्षीय विनोदकुमार चौधरीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
 





  • प्रकाशित मिति : फागुन ११, २०८० शुक्रबार २२:६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया