पूर्वसैनिक शाहको ‘दरबारबाट देखेको नेपाल’ पुस्तक विमोचन

‘मैले देखेको दरबार’का लेखक पूर्वसैनिक सचिव विवेककुमार शाहको दोस्रो पुस्तक ‘दरबारबाट देखेको नेपाल’को शनिबार विमोचन गरिएको छ । 

पूर्वसैनिक सचिव शाहले आफू दरबारमा कार्यरत रहँदाको तत्कालीन समय, घटना परिघटनालाई समेटेर संस्मरणात्मक पुस्तकका रूपमा लेखेको पुस्तक ‘दरबारबाट देखेको नेपाल’को काठमाडौंको भृकुटीमण्डपमा एक समारोहका बीच विमोचन गरेका हुन् । 

‘शाही पाश्र्ववर्ती सैनिक’ शाहले आफ्नो संस्मरणमा रहेको तत्कालीन समयका विषयवस्तु र घटनालाई विभिन्न भागमा पुस्तकमा समेटेका छन् । 

पुस्तक विमोचन कार्यक्रममा बोल्दै लेखक शाहले आफ्नो ३५ वर्षीय सैनिक सेवा र ३० वर्षीय दरबारको सेवामा रहँदा विभिन्न उतारचढाव भोगेका अनुभवलाई पुस्तकमा समेटेको उल्लेख गरे । 

उनले भने, ‘मैले चार–पाँच मिनेटको संवादका आधारमा ३५ वर्षीय सैनिक सेवा र ३० वर्षीय दरबारको सेवाबाट विश्राम लिए । मैले सैनिक सेवाबाट राजीनामा दिएपछि विभिन्न स्वदेशी तथा विदेशी मिडियाले त्यही बेला दरबारमा रहँदाको अनुभव सुनाउन अन्तर्वार्ताका लागि आएका थिए । मैले आफू उपयुक्त समय आएपछि बोल्ने भन्दै पन्छिए । यो पुस्तकमा धेरै अनुभवहरू समावेश गरेको छु ।’

पुस्तकमा उनले तत्कालीन समयमा पूर्वमन्त्री रमेशनाथ पाण्डेको दरबारभित्र विस्तारित प्रभाव र शाहसँगको आफ्नो सम्बन्धको बारेमा पनि उल्लेख गरेका छन् । 



‘प्रभाव विस्तारमा माहिर पाण्डे’भनेर दरबारमा कार्यरत रहँदा उनीहरू बीचमा सम्बन्ध राम्रो नभएको प्रसंगलाई पुस्तकमा उल्लेख गरेका छन् । 

तत्कालीन समयमा रेवतीरमण खनाल दरबारका प्रमुख सचिव हुँदादेखि नै दरबारको सचिवालयसँग पाण्डेको एकदमै राम्रो सम्बन्ध रहँदै आएको भन्दै शाहले लेखेका छन्,‘खासगरी, प्रमुख सचिव खनालको अघोषित सल्लाहकारजस्तै हुनुहुँदोरहेछ पाण्डे । खनालसँगको सम्बन्धकै कारण बेलाबेला राजासँग दर्शनभेट पनि पाइरहनुहुँदोरहेछ ।’



  • प्रकाशित मिति : फागुन १२, २०८० शनिबार २२:३१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया