नेदरल्याण्ड्सविरुद्ध नेपाललाई दोस्रो झड्का, अनिल साह ७ रनमा आउट
फाइल तस्बिर

आइसिसी क्रिकेट विश्वकप लिग–२ जारी सिरिजको अन्तिम खेलमा नेदरल्याण्ड्सविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ । नेपालले दोस्रो विकेटको रूपमा अनिल साहलाई गुमाएको हो ।  

उनी ११औँ ओभरको अन्तिम बलमा ७ रनमा बोल्ड भए । अनिललाई पनि भिभियन किङ्माले पवेलियन फर्काए । नेपालले पहिलो विकेटको रूपमा विकेटकिपर आसिफ शेखलाई गुमायो ।  

उनी ८.३ ओभरमा व्यक्तिगत १७ रनमा आउट भए । आसिफलाई पनि भिभियन किङ्माले आउट गरे । नेपालले नेदरल्याण्ड्सविरुद्ध पनि टस हारेर पहिला ब्याटिङ गरिरहेको हो । नेपालले आज प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गरेको छ । 

नेपालले आज सोमपाल कामी र देव खनाललाई विश्राम दिएर आरिफ शेख र गुलशन झालाई मौका दिएको छ । नेपाल आज जित निकाल्दै लिग–२ को पहिलो श्रृंखलाको सुखद अन्त्य गर्न चाहन्छ । यस सिरिजमा नेपाल र नेदरल्याण्ड्सले समान तीन म्याच खेल्दा दुईमा हार र एक/एक खेलमा जित निकालेका छन् ।

नेपालले पहिलो खेलमा नामिबियासँग ४ विकेटको हार बेहोर्दा दोस्रो म्याचमा नेदरल्याण्ड्सलाई ९ विकेटले हरायो । तेस्रो खेलमा भने नेपालले नामिबियासँग २ विकेटको पराजय बेहोर्‍यो ।



यस्तै, पहिलो खेलमा नेपालसँग हारेको नेदरल्याण्ड्सले दोस्रो खेलमा नामिबियाविरुद्ध ७ विकेटको जित निकाल्यो । तर, उसले तेस्रो खेलमा नामिबियासँग २४ रनको पराजय बेहोरेको थियो ।    



हालसम्म नेपाल र नेदरल्याण्ड्सले एकदिवसीय अन्तर्राष्ट्रियमा चार खेलमा एकअर्काको सामना गरेका छन् । जसमा दुवै टिमले दुई/दुई खेल जितेको विगत छ ।  
  
नेपालको प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), अनिल साह, रोहितकुमार पौडेल (कप्तान), कुशल मल्ल, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, आरिफ शेख, करण केसी र ललितनारायण राजवंशी । 

  • प्रकाशित मिति : फागुन १३, २०८० आइतबार १०:२३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया