क्रिकेट संघले तोक्यो समिति संयोजक र प्रमुख प्रशिक्षक
फाइल तस्बिर

नेपाल क्रिकेट संघ क्यानले विभिन्न समितिको संयोजक र प्रमुख प्रशिक्षकहरु तोकेको छ । संघको प्रतियोगिता समिति संयोजक दिवाकर घले, प्राविधिक समिति संयोजकमा विक्रम बिष्ट विकास समिति संयोजकमा धीरेन्द्र सावद र महिला क्रिकेट विकास समिति संयोजक प्रदीप मजगैयालाई जिम्मेवारी दिएको छ । 

त्यस्तै नेपाल ‘ए’ टीमको मुख्य प्रशिक्षकमा पुर्वकप्तान ज्ञानेन्द्र मल्ल तथा प्रशिक्षकमा पूर्व अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी कलाम अली साथै यु–१९ महिला टीम प्रशिक्षकको जिम्मेवारी महेशप्रसाद रिजाललाई दिने निर्णय गरेको सचिव पारस खड्काले जानकारी दिए । 

फागुन १२ र १४ गते चलेको संघको बैठकले नेपालको घरेलु क्रिकेट संरचनालाई बलियो बनाउने योजना बमोजिम उमेर समूहको प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको उमेर खुल्ने कागजपत्र, विद्यालयको शैक्षिक प्रमाणपत्रको आधारमा तथा अन्य मापदण्ड बनाई प्रतियोगितामा सहभागी गराउने वा नगराउने सम्बन्धमा आवश्यक नीति तथा कार्यक्रम तयार गरि कडाइका साथ कार्यान्वयन गर्ने निर्णय समेत गरेको छ । 

त्यस्तै बैठकले महिला तथा पुरुष खेलाडीहरूको वर्गीकरणलाई अनुमोदन गर्ने निर्णय समेत गरेको छ । बैठकले २०२४ को लागि केन्द्रीय अनुबन्धमा रहने महिला तथा पुरुष खेलाडीहरूको वर्गीकरणलाई अनुमोदन गर्ने निर्णय गरेको छ । 





  • प्रकाशित मिति : फागुन १४, २०८० साेमबार १५:२२:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया