प्रविधिको विकासबाट कर्णालीमाथि उठाउन सकिन्छ : मुख्यमन्त्री शर्मा
फाइल फाेटाे

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रविधिको विकासबाट मात्र कर्णालीलाई माथि उठाउन सकिने बताएका छन् । 

कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आइसिटी फाउन्डेसन नेपालको संयुक्त आयोजनामा आजदेखि सुर्खेतमा सुरु भएको दुईदिने ‘डिजिटल कर्णाली कन्क्लेभ’को शुभारम्भ गर्दै उनले कर्णालीको समग्र विकासलाई प्रविधिसँग जोडेर अगाडि बढ्ने बताए । 

उनले भने, ‘कर्णालीको भूबनोट, यहाँको विकासलाई ध्यान दिएर प्रविधिको विकास नगरी अहिलेको आवश्यकता पूरा गर्न कठिन छ । यसको उन्नतिका लागि प्रविधिको भरपुर उपयोग गर्नुपर्ने देखिन्छ ।’ कर्णालीमा हुने विकासलाई प्रविधिसँग जोड्नुपर्ने चुनौती रहे पनि युगको आवश्यकतालाई बोध गरी कन्क्लेभ आयोजना गरिएको उनले बताए । 

आन्तरिक मामिलामन्त्री कृष्णबहादुर जिसीले डिजिटल मार्गचित्र तयार गर्न कन्क्लेभको आयोजना गरिएको बताए । उनले कर्णाली प्रदेशकै एक महत्वपूर्ण मानिएको यो कार्यक्रमले नीति, नियम, सञ्चार, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, जलविद्युत्, सुशासन, विपद् व्यवस्थापन, अर्थतन्त्र, नेतृत्व, स्टार्टअप र उद्यमीका विषयमा नीतिगत छलफल आजदेखि सुरु भएको जनाए । 

आइसिटी फाउन्डेसन नेपालका अध्यक्ष राजन लम्सालले डिजिटल नीति र नेतृत्व, मानव पूँजी, आइसिटी र तथ्याङ्क उद्योग, डिजिटल पूर्वाधार, डिजिटल रुपान्तरण र सुरक्षाको विकास र सुनिश्चितताका लागि प्रविधि सम्मेलन आयोजना  गरिएको बताए ।  





  • प्रकाशित मिति : फागुन १८, २०८० शुक्रबार २२:१६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया