logo-img

नेशनल टी-२० च्याम्पियनसिप : हेमन्तको कप्तानीमा सुदूरपश्चिमको टोली घोषणा
हेमन्त धामी, तस्बिर : क्यान

यही २२ फागुनदेखि विराटनगरमा सञ्चालन हुने कोशी प्रदेश ट्रफी नेशनल टी–२० च्याम्पियनसिप क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ ।  

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशी का अनुसार हेमन्त धामीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो । उनका अनुसार टोलीको उपकप्तानको जिम्मेवारी दीपक बोहरालाई दिइएको छ ।

यस्तै, दीपकचन्द ठकुरी, नरेन भट्ट, नरेन साउद, खडक बोहरा, शेर मल्ल, टेक रावत, अभिषेक पाल, दीपक बोहरा, भोजराज भट्ट, किरन ठगुन्ना, बसन्त कार्की र नारायण जोशीले पनि टिममा स्थान बनाएका छन् ।



यस्तै, विकास आग्री, युवराज खत्री, सञ्जय बोहरा र प्रकाश पाण्डेय वैकल्पिक खेलाडीका रूपमा छनोट भएका छन् । टिममा यो वर्षको प्रधानमन्त्री कपमा सुदूरपश्चिमको कप्तानी गरेका राजु रिजालले भने मौका पाएनन् । 

धनगढीको फाप्ला मैदानमा तीन दिनसम्म सञ्चालन गरिएको बन्द प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरेका आधारमा खेलाडी छनोट गरिएको सङ्घले जनाएको छ । नेपाल ‘ए’ समूह, यू–१९ विश्वकप, प्रधानमन्त्री कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीसहितको टोली रहेकाले उच्च मनोबलका साथ मैदानमा उत्रने प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष जोशीले बताए ।  

क्रिकेट सङ्घ मोरङको आयोजनामा फागुन २२ गतेदेखि विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालामा प्रतियोगिता सञ्चालन हुनेछ ।  तीन विभागीय र सात प्रदेशस्तरीय टिमको सहभागिता रहने खेल आगामी चैत ३ गतेसम्म सञ्चालन हुनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी प्रतियोगिता सञ्चालन गरिने आयोजकले जनाएको छ ।



समूह ‘क’ मा त्रिभुवन आर्मी, सशस्त्र प्रहरी, कोशी, मधेस र कर्णाली प्रदेश तथा समूह ‘ख’ मा नेपाल पुलिससहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम रहेका छन् । उपाधि विजेता टिमले ट्रफीसहित ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ नगद पुरस्कार पाउने जनाइएको छ ।  



  • प्रकाशित मिति : फागुन २०, २०८० आइतबार १३:५२:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया